पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहने जानकारी दिए ।
उनले तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले मौसम भोली बुधबारसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं