सूचनाको शक्ति - The Power Of Information

        

कस्तो छ तपाईंको आजको भविष्य ?

२०८१ पुस ९ गते, मंगलवार, २४ डिसेम्बर २०२४ । पौष कृष्णपक्ष नवमी तिथि, १९ः३७ बजेपछि दशमी । हस्त नक्षत्र, १२ः५३ बजेपछि चित्रा । चन्द्रराशि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ । लामो यात्राका लागि केही रकम खर्च हुने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश चिताएको काममा अलमल हुनेछ । कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ । व्यवसायमा आंशिक फाइदा हुनेछ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला । बेलामा होस नपुर्याउँदा केही समस्या आउनेछन् । दाजुभाइमा असमझदारी बढ्न सक्छ । तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै लाभ हुनेछ । बलजफ्तीले पनि चिताएको काममा सफलता पाइनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु बेस होला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला । बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ । तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ । मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विभिन्न अवसर प्राप्त हुनेछन् । तर पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ । ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ । तर एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला । परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला । मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । गोपनीयतामा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । परिवेश उल्लासमय रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । आफन्तहरूको साथले आशा जगाउनेछ । गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार ०७:०४

लोकप्रिय