जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि पश्चिम नेपालमा हुने सम्भावना छ । मौसमविद् विनोद पोखरेलले पनि यो वर्षा हल्का मात्र हुने र मुख्यतया पहाडी तथा हिमाली भेगमा केन्द्रित रहने औंल्याएका छन् । उनका अनुसार कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिएको छ ।
अन्य प्रदेशमा भने छिटफुट वर्षा र सामान्य बदली मात्र हुने अनुमान गरिएको छ । महाशाखाको अनुसार सोमबार हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा पनि आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मंसिर २६ यता देशका कुनै पनि क्षेत्रमा पानी परेको छैन ।
तर, सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिमकै तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहनेछ ।
आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा बदली हुने र राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा भने मौसम सफा रहने अनुमान गरिएको छ । महाशाखाले हिउँदे वर्षा मुख्यतः पश्चिमी वायुको प्रभावले हुने बताएको छ । यसपटक पनि यो प्रभावका कारण पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बढेको हो । तराई क्षेत्रमा भने सामान्य बदली रहने अनुमान गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं