देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भूभाग सामान्यतया सफा रहेको छ ।
आज (आइतबार) कर्णाली प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र बागमती प्रदेशको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मा आंंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि सोमबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशको मौसम सामान्यतयाः सफा रहने र राति आंशिक बदलीको सम्भावना रहने मौसमविद्ले जनाएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा दिउँसो आंंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ भने राति भने हल्का वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रही हिमाली भेगको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं