सूचनाको शक्ति - The Power Of Information

        

देशभर पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजे काठमाडौंमा न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार ०७:१५

लोकप्रिय