पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ । आगामी २२ माघ देखि सुरु हुन लागेको अभियानका लागि पहिलो खोप ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइरल खोप आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
यो अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइरल खोप आउनेछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन चल्ने छ ।
खोप अभियानमा १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप पाइनेछ । अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरिवेक्षक परिचालन हुने गौतमले बताए । एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउने पाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं