नेपाल प्रहरीमा तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) पद रिक्त छ । उमेर हदका कारण अर्जुन चन्द अवकास तथा दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएपछि उनीहरुको स्थान रिक्त भएको हो । तर, सरकारले तत्कालै डीआइजी बढुवाको प्रक्रिया अगाडि नबढाउने भएको छ ।
अबको १५ दिनपछि थप दुई पद रिक्त हुने भएकाले एकैसाथ पाँच जना डीआइजी बढुवा गर्ने सरकारको तयारी छ । हालै मात्रै एआइजीमा सिफारिस भएका बोहरा १५ दिनपछि नै अवकाश हुनेछन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एआइजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन् ।
उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआइजीहरु एआइजीमा बढुवा हुनेछन् । त्यसपछि रिक्त डीआइजीको संख्या पाँच पुग्नेछ । रिक्त पाँच पदका लागि आकांक्षीहरु धेरै भएकाले पनि पाँच जनाकै एकसाथ डीआइजीमा बढुवा गर्ने सरकारको तयारी छ । अब रिक्त हुने स्थानमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा भर्ना भएका अधिकारीहरु र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि बढुवा गर्दा एसएसपीको वरीयताक्रम अनुसार नै बढुवा गरिएको थियो । अब पनि त्यसै गर्ने सम्भावना छ । तर ५ जना डीआइजीका लागि ६ जना एसएसपी मुख्य दाबेदार देखिएका छन् । जसमा एसएसपी ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया मुख्य दाबेदार देखिएका छन् । राना अब डीआइजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन् ।
अब यी ६ जना मध्येबाटै पाँच जना डीआइजी बढुवा गर्ने तयारी छ । वरीयता अनुसार नै बढुवा गरिए थपलिया छुट्नेछन् । तर थपलिया पनि अहिले नै बढुवा हुनका लागि चर्को लबिइङमा छन् । उनलाई बढुवा गरिए आचार्य र पौडेल मध्ये एक जना छुट्नेछन् । यही ब्याचका र सँगै एसएसपी भएका अरु अधिकारीहरु पनि छन् । तर उनीहरु भने अहिले नै एसएसपीमा बढुवा हुने सम्भावना कम छ ।
एसएसपीहरु माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला र दिपककुमार बस्नेत पनि यही टोलीका हुन् । यस्तै जयराम सापकोट, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास र शारदाप्रसाद चौधरी पनि दुई वर्षअघि नै एसएसपी भएको टोलीका हुन् । तर उनीहरु भने आगामी चैतमा मात्रै डीआईजीमा बढुवा हुने सम्भावना छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं