सूचनाको शक्ति - The Power Of Information

        

एनपिएलमा कर्णालीसँग लुम्बिनी पाँच रनले पराजित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले महत्त्वपूर्ण खेल जितेको छ । शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो । कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए ।

उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो । यो जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । अब उसले लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १५:२९

लोकप्रिय