काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) पनि दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको प्लअफबाट बाहिरिसकेको लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग खेल्दैछ ।
लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने हुन्छ । लुम्बिनीसँग पराजित भए पनि कर्णालीको प्लेअफ सम्भावना सकिँदैन । तर त्यसपछि उसलाई अन्य टोलीको नतिजामा समेत निर्भर रहनुपर्ने हुन्छ ।
पाँच खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहान्छ । लिगमा अहिलेसम्म पनि लुम्बिनीबाहेकका टोलीको बाहिरिने अन्तिम टुंगो लागिसकेको छैन । जनकपुरले अन्तिम चारमा स्थान बनाइसकेकाले अब तीन वटा स्थानका लागि पाँच वटा टोलीबिच प्रतिस्पर्धा चलिरहेको छ ।
पाँच खेलमा पराजित भइसकेको विराटनगरसमेत चमत्कारी नतिजासहित प्लेअफको पर्खाइमा छ । तर उसलाई बाँकी चार टोली नै पराजित भएर पनि पुग्दैन, रनरेटमा समेत बलियो सुधार आवश्यकपर्छ । यस्तो अवस्थामा रहेको विराटनगर अन्तिम चारबाट बाहिरिएको गणीतीय रुपमा घोषणा हुन मात्रै बाँकी छ ।
दिउँसो १ बजे चितवन र विराटनगर भिड्दैछन् । यो खेलमा पराजित भए विराटनगरको गणीतीय सम्भावना पनि पूर्णरुपमा सकिनेछ । विराटनगरले अब दुबै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ । तर चितवनको अन्तिम दुई खेलअघि नै ६ अंक छ । रनरेटमा समेत अगाडी रहँदै तालिकाको शीर्ष ३ मा छ ।
अघिल्लो खेलमा कर्णाली विजयी भए र यो खेलमा चितवन विजयी भएमा अन्तिम चारमा पुग्ने भिडन्त थप पछि धकेलिनेछ । तर अघिल्लो खेलमा लुम्बिनी र यो खेलमा विराटनगर विजयी भए सुदुरपश्चिमलाई सहज हुनेछ । अब लुम्बिनी र जनकपुर बाहेक सबै टोलीले छैठौँ चरणका खेल खेल्दैछन् ।
यो चरणमा पुग्दा पनि टोलीहरुबिच ८ अंकबाट शीर्ष चार तय हुने कि ६ अंकबाटै भन्ने अझै निश्चित भइसकेको छैन । दाबेदार टोलीले आ आफ्ना खेल जित्दै गए नेट रनरेटका आधारमा मात्रै शीर्ष चारका टोली छुटिने अवस्था बन्दै गएको छ ।
कीर्तिपुरमा जारी पहिलो संस्करणको एनपीएलमा पाँच खेलमा जित र एक खेलमा हार भोग्दै १० अंक बनाएको जनकपुर बोल्ट्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । जनकपुर प्लेअफमा निश्चित भएपनि शीर्ष २ मै रहेर प्लेअफ पुग्ने भने निश्चित भइसकेको छैन । अन्तिम चरणका खेलबाट मात्रै यसको छिनोफानो हुन सक्ने अवस्था छ ।
जनकपुरभन्दा एक खेल कम खेलेको सुदुरपश्चिम रोयल्स चार खेलमा जित र एक खेलमा हार भोग्दै ८ अंकमा दोस्रो स्थानमा छ । समान खेल र उस्तै नतिजा निकालेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ । तर नेट रनरेटमा अघि रहँदै चितवन अंक तालिकाको तेस्रो र कर्णाली चौथो स्थानमा छ । पाचौँ र छैटौँ स्थानमा रहेको काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सको समान चार अंक छ ।
कर्णाली र चितवनले अबका दुई खेलमा हार भोगे र काठमान्डु र पोखराले जित निकाल्दै नेट रनरेटमा अघि रहे यी दुई टोलीको प्लेअफ पुग्ने सम्भावना पनि उत्तिकै छ । यी दुई टोलीले २ खेलमा जित र ३ खेलमा हार भोगेका छन् । प्लेअफ दौडबाट बाहिरिएको लुम्बिनी ५ खेलमा हार र १ खेलमा जित निकाल्दै २ अंकमा तालिकाको सातौँ स्थानमा छ । लुम्बिनीभन्दा एक खेल कम खेलेको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं