सूचनाको शक्ति - The Power Of Information

        

एनपिएलको प्लेअफ दौडबाट बाहिरियो लुम्बिनी

काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)बाट बाहिरिएको छ । राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितले नेतृत्व गरेको लुम्बिनी काठमाडौंसँग १८ रनले पराजित भएको हो ।

काठमान्डुसँग पराजित भएसँगै लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । काठमान्डुले ४ खेल खेलेकोमा आजको दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ ।

काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ । काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक २६ रन बनाए ।

उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए । कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १७:०६

लोकप्रिय