पार्टीको जिम्मेवारी र महत्वपूर्ण राजकीय भूमिकामा मात्र होइन स–साना नियुक्तिमा पनि झापालीले अवसर पाएको गुनासो एमाले वृत्तमा सुनिन्छ । तर, यसरी बाहिरका मान्छेलाई मनखुशी अवसर दिने प्रधानमन्त्री केपी ओली आफैँलाई मिर्गाैला दान गर्ने भाइ–बुहारीप्रति भने अनुदार बनेको आरोप छ ।
ओलीले ०६३ सालमा परराष्ट्रमन्त्री बनेलगत्तै पहिलोपटक अञ्जना घिमिरेसँग मिर्गाैला लिएर दिल्लीमा प्रत्यारोपण गराएका थिए । ओलीको काकाका छोरा तारा शर्माकी श्रीमती हुन् उनी । आफूले मिर्गाैला दिएर बचाएका जेठाजु देशकै शक्तिशाली पदमा रहँदा उनै अञ्जना भने जागिर माग्दै एमालेका मन्त्रीहरूसँग हारगुहार गर्न पुग्ने गरेको विषय यतिबेला एमाले वृत्त तरंगित छ ।
अञ्जना विद्या भण्डारी राष्ट्रपति भएका बेला सात वर्षसम्म शीतलनिवासमा सहायक कम्प्युटर अपरेटर थिइन् । भण्डारीको कार्यकाल सकिएर रामचन्द्र पौडेलले सचिवालय टिम नै परिवर्तन गरेपछि उनको जागिर गएको पौने दुई वर्ष भयो । त्यसपछि बेरोजगार बनेकी उनी रोजगारीका लागि कहाँ मात्र पुगिनन् ! छोराछोरी हुर्किसके, पतिको खासै इलम छैन ।
सानो दोकानले खासै आम्दानी दिँदैन । बालुवाटारमा सितिमिति छिर्न पाइन्न । चितवन, भरतपुरको पार्टी राजनीतिमा लाग्दालाग्दै सम्पत्ति सिध्याएको माइती खलक पनि सधैं भरथेग गर्ने अवस्थामा छैन । चार छोरीका पिता बुबा ध्रव घिमिरे आफैंं किड्नीका बिरामी हुन् । यस्तोमा उनको दर्दभरि कहानी सुनेपछि सिंहदरबारस्थित कुनै एक मन्त्रालयका सचिव भन्छन्, ‘प्रधानमन्त्रीज्यू यति साह्रै निर्दयी त नबने हुने नि !’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं