सूचनाको शक्ति - The Power Of Information

        

एनपीएलमा लुम्बिनीले निकाल्यो पहिलो जित

कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई हराएको हो ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको छ । १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।

रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिएका थिए । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ । यसअघि चार खेलमा पराजित भएको लुम्बिनी लायन्सले प्रतियोगितामा हात पारेको यो पहिलो जित हो ।

टोलीले दुई अङ्क बटुलेको छ । उता, चितवनले पाँच खेलमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । टोलीले ६ अङ्क बटुलेको छ । पराजयसँगै टोलीको प्लेअफको दाबेदारीमा ठुलो धक्का लागेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १३:२७

लोकप्रिय