सूचनाको शक्ति - The Power Of Information

        

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पटक–पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगका अनुसार उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक २०१६ जन्ममिति उल्लेख गरेका थिए । उता निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन २०१५ जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्ममिति उल्लेख थियो ।

त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए । हाल उनी बीमा प्राधिकरणको अध्यक्ष छन् । उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानेको छ । मुद्दा दायर भएसँगै सिलवाल पदमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार ०७:३८

लोकप्रिय