पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।
काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुबै घटेसँगै कठ्याङ्ग्रिने जाडो भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै, न्यूनतम तापक्रमसमेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन् । जसकारण मानिसहरुलाई एकाविहानै घर बाहिरन निस्किन कठिनाई भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं