नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार चौथो जित हात पारेको छ । हर्ष थाकरले जनकपुरका लागि पाँच विकेट लिएपछि लुम्बिनी आठ विकेटमा समेटिँदै जम्मा १३५ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर र विवेक यादव शून्यमा आउट भए ।
जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी, किशोर महतो, शेर मल्लले एक–एक विकेट लिए । टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे । कप्तान अनिल साह ४५, लाहिरू मिलान्था २४, आशिफ शेख १६, हेमन्त धामी नौ, मोहम्मद मोहसिन तीन, जेम्स निसम एक, ललित राजवंशी र शेर मल्ल शून्य हुँदै १३६ रन बनाएको थियो ।
लुम्बिनीका लागि अभिशेष गौतम तीन, कप्तान पौडेल र साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए । जनकपुर जारी एनपीएलमा अपराजित छ । उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो । लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ । तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ । लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं