इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताए ।
‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन् । तर, उहाँलाई कहाँ राखिएको छ र अहिले उहाँ कुन अवस्थामामा हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले भने, ‘हामी उहाँ चाँडै नेपाल फर्कनु हुने आशा गर्छौं । उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
राजदूतावासका अनुसार हमास लडाकुहरूको कब्जामा १०० भन्दा बढी इजरायली र विदेशी नागरिक अझै पनि बन्धक छन् । ‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनुभएको छ भनेर बुझ्न सक्छु । विपिन जोशी धेरै महत्त्वपूर्ण हुनुहुन्छ । तर, हामीले बुझ्नुपर्छ, विपिनजस्ता अरू पनि धेरै छन्,’ उनले थपे ।
सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गर्दा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो । ११औं विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेका थिए ।
राजदूतावासका अनुसार इजरायली सरकारले मारिएका ती नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारले जस्तै आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । साथै, उनले नेपालका विद्यार्थीहरू फेरि इजरायलको ‘अर्न एन्ड लर्न’ कार्यक्रममा सहभागी हुने आशा पनि व्यक्त गरे ।
नेपालले हालको युद्ध अवस्थालाई ध्यानमा राख्दै कृषि विद्यार्थीलाई उक्त कार्यक्रम अन्तर्गत इजरायल पठाउन रोकेको छ । तर, मलावी, कङ्गो र थाइल्यान्डका विद्यार्थीहरूले उक्त कार्यक्रम अन्तर्गत इजरायल फर्कन सुरु गरिसकेको जानकारी दिँदै राजदूतले भने, ‘इजरायली कृषिकर्ताहरू नेपाली विद्यार्थीहरूलाई फिर्ता ल्याउन चाहन्छन्, जहाँ उनीहरूले सिक्न र कमाउन सकुन् । हामी यो कार्यक्रम चाँडै पुनः सुरु हुने अपेक्षा गर्दछौँ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं