नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो । पराजित काठमाडौंका लागि स्टिफन स्किनाजीले मात्रै टिकेर खेल्दे ३७ रनको योगदान दिए ।
त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १०–१० रनको योगदान दिए । काठमाडौंका अरु ब्याटर दोहोर स्कोर गर्नबाट चुके । काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे ।
साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो । नरेनले नामिबियाका अलराउन्डर काठमाडौंका गेर्हार्ड इरास्मस, इङ्ल्यान्डका मध्यक्रमका ब्याटरसमेत रहेका स्टिफन एस्किनाजी, रसिद खान, करण केसी र शाहब अलामको विकेट लिएका हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं