भाटभटेनी सुपरमार्केटमा ढुसी परेको नरिवल फेला परेको छ । त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा प्याक गरिएको र विक्रीको लागि राखिएको नरिवल अखाद्य भेटिएको हो ।
ग्राहकले यसबारे काठमाडौं महानगरपालिकालाई कल सेन्टर (निःशुल्क नम्बर ११८०) मा उजुरी गरेपछि महानगरले अनुगमन गरेको थियो ।
महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीबाट अनुगमन गर्दा नरिवलमा अखाद्य ढुसीजन्य पदार्थ भेटिएकोले प्राविधिकको रोहवरमा नष्ट गरी थप कारवाहीको लागि कृषि तथा पशुपन्छी विभागमा ल्याइएको महानगरले जनाएको छ ।


प्रकाशित मिति : २०८१ मंसिर २० गते बिहीबार
सत्यपाटी