बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् । गाउँपालिकाले बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकास गर्न निर्माण गरेको विधेयक २०८१ को पूर्ण रूपमा कार्यान्वयन गराउन बैजनाथका ३६ बरघरहरु एकै ठाउँमा आएका हुन् ।
सो अवसरमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले बैजनाथमा थारु परम्परागत कला सांस्कृतिक संरक्षण गर्ने र थारु सङ्ग्रहालय निर्माण गर्न प्रतिबद्धता व्यक्त गरे । थारुहरूको पहिचान हुनेगरी आफ्ना गतिविधि गर्नका लागि आफै लाग्नुपर्ने बताउँदै उनले आगामी कार्यक्रममा विभिन्न आत्मनिर्भरका तालिमहरु समेत सञ्चालन गर्नेगरी योजनाहरूको प्रस्ताव पेस गर्न बरघरसँग अनुरोध गरे ।
‘कला, संस्कृति, रीतिरिवाज, चालचलन, भेसभुसालाई संरक्षण गर्न पालिकाले सबै आर्थिक सहयोग गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘आफूले आफ्नो कला, संस्कृति, रीतिरिवाज, चालचलन, भेसभुसालाई संरक्षण गर्न एक ठाउँमा आउनुपर्छ ।’ बैजनाथका बरघरका अध्यक्ष चन्द्रबहादुर थारुले सबै वडामा समिति तयार भइसकेको बताए ।
उनका अनुसार बरघर ऐन, नियम कानुन पालिकाले २०८० माघ १८ गते राजपत्रमा प्रकाशन गरिसकेको छ । चौधरीले सो अवसरमा केही महत्त्वपूर्ण निर्णय गर्दै बैजनाथ–१ चिसापानीमा माघी महोत्सव आयोजना गर्ने समेत निर्णय भएको बताए । यसैबिच बैजनाथ गाउँपालिकाको ८ वटा वडामा समेत बरघरको नयाँ कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमिति अन्तरगत वडा नम्बर १ मा खुसीराम थारु, वडा नम्बर २ मा श्यामुवा थारु, ३ नम्बर वडामा जुगलाल थारु, ४ नम्बर वडामा सोहनलाल थारु, ५ नम्बर वडामा प्रेमलाल थारु, ६ नम्बर वडामा छोटेलाल थारु, ७ नम्बर वडामा महेश थारु र ८ नम्बर वडामा राधेश्याम थारु चयन भएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके