स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य सम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा हैजा र हेपाटाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममार्फत ल्याउन लागेको जानकारी दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले, ‘हामी हैजाको खोप ल्याउनेबारे विमर्श गरिरहेका छौँ । नेपालले यसका लागि चाँडै गाभीसँग औपचारिक अनुरोध गर्नेछ ।’ उनले नेपाल नयाँ सङ्घीय व्यवस्थामा स्वास्थ्यको जनशक्ति अभाव जस्ता समस्यासँग जुधिरहनुपरेको उल्लेख गर्दै हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरणमा वैदेशिक सहयोग खोजेको बताए । नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
यसैबीच स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तरगतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्नेछ । परिवार कल्याण महाशाखा प्रमुख डाविवेककुमार लालले फागुन महिनाभर देशैभर महिलामा क्यान्सर सम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं