सूचनाको शक्ति - The Power Of Information

        

आगामी आइतबार र सोमबार यस वर्षको पहिलो हिउँदे वर्षा

यस वर्ष हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना रहेको छ । नेपालको पश्चिमी भेगमा राम्रो वर्षा हुने र काठमाडौं लगायत मध्य तथा पूर्वी भेगमा पनि बदली हुने मौसमविद्ले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार, काठमाडौंसहित मध्य र पूर्वी भेगमा पनि बदलीको सम्भावना छ । तर, हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसारले भोलि कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । शुक्रबार पनि कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०५:३६

लोकप्रिय