नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौँले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ तथा हसन इसाखिलले १२ रन जोडे । काठमाडौँका लागि शाहब आलमले तीन विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडौंका ब्याटर चल्न सकेनन् । उनी एक्लैले पाँच विकेट लिए । काठमाडौंका लागि सबैभन्दा धेरै सुमित महर्जनले २९ रन बनाए । माइकल लेभिटले २५, डान डौथवेट १९ र शंकर रानाले १६ रन जोडेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं