२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

यी हुन् देशभर सबैभन्दा धेरै शैय्या भएका स्वास्थ्य संस्था

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ मंसिर १७ गते सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवा प्रदान गर्ने देशभरका २० वटा स्वास्थ्य संस्थाको सञ्चालन अनुमति शैय्या संख्या सार्वजनिक गरेको छ । कतिपय निजी मेडिकल कलेज तथा अस्पतालले अनुमतिविना नै धेरै शैय्या सञ्चालन गरेको उजुरी तथा गुनासो समेत आएपछि मन्त्रालयले शैय्या सार्वजनिक गरिदिएको बताइएको छ ।

अस्पतालमा शैय्या पर्याप्त मात्रामा हुँदा पनि विरामीले भर्ना भएर उपचार नपाइने गुनासो बढेपछि मन्त्रालले देशभरका केही निजी ठूला अस्पताल र दुई वटा सरकारी अस्पतालको शय्या सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेका स्वास्थ्य संस्थाहरूमा १८ वटा निजी अस्पताल र दुई वटा सरकारी अस्पतालहरू छन् ।

नागरिकको उपचारका लागि टर्सरी लेभलका कति अस्पताल छन र उनीहरूको शैय्या क्षमता कति छ भन्ने जानकारी दिनका लागि ठूला अस्पतालहरूको शैय्या सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

यी हुन् अस्पतालहरुले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएको शैय्या संख्या :

 

प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार