२०८३ मंसिर ९ , बुधबार 25, November 2026, Wednesday

नेपालमा ८९७ वटा चराका प्रजातीको अभिलेख

नेपालमा अभिलेख भएका चराको प्रजाती सङ्ख्या ८९७ वटा पुगेको छ । मुस्ताङको चैले गाउँमा नयाँ प्रजातीको चरा भेटिएसँगै चराका प्रजातीको सङ्ख्या ८९७ पुगेको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा.तुल्सी सुबेदीले जानकारी दिए ।

उनका अनुसार चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा मुस्ताङको चैले गाउँमा नयाँ प्रजातीको चरा फेला पारेका हुन् । वैज्ञानिक नाम टुरडुस नौमन्नी रहेको चराको नेपाली नाम नेपाल बर्ड रेकर्ड कमिटिले गेरुमुहार चाँचर राखेको छ ।

मुल रूपमा रुसमा आवासीय रूपमा पाइने र प्रजनन् गर्ने यो चरा चीन, जापान, कोरिया, मंगोलिया र जापानमा पनि पाइन्छ । बसाइसराइको बेला यसले बिशेषगरी मङ्गोलियाको बाटो प्रयोग गरेको पाइएको छ । यो चरा बसाइ सर्ने क्रममा बाटो विराएर नेपाल आएको हुन सक्ने नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा.तुल्सी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मंसिर १५ गते शनिबार