किङ कोब्रा सबैभन्दा विषालु सर्पमध्येका एक हो । यो आफ्नो शरीरको एक तिहाइ भाग जमिनबाट माथि उठाउन अर्थात् उभ्याउन र आक्रामक रूपमा अगाडि बढ्न सक्छ ।
वैज्ञानिकले निकै घातक विषालु एवं डरलाग्दो सर्प किङ कोब्राका विभिन्न प्रजातिबारेमा अध्ययन गरेका छन् । किङ कोब्राको बारेमा विज्ञानले सबैभन्दा पहिले सन् १८३६ मा थाहा पाएको थियो । त्यसबेला डेनमार्कका शोधकर्ता थिओडोर एडवर्ड कान्टरले विश्वलाई यसको बारेमा बताएका थिए ।
किङ कोब्राको बारेमा अभूतपूर्व खोज गरेका वैज्ञानिक डा.गौरीशंकर नेतृत्वको अनुसन्धान टोलीले विभिन्न क्षेत्रका २०० भन्दा बढी किङ कोब्राको डीएनए अध्ययन गरी चार प्रजाति रहेको पत्ता लगाएको छ ।
जसअनुसार ओफियोफ्यागस कलिंगा प्रजाति जुन भारतको पश्चिमी घाटमा मात्र पाइन्छ । यस्तैगरी, ओफियोफ्यागस हन्ना प्रजातिको किङ कोब्रा पूर्वी पाकिस्तान, उत्तर भारत र उत्तर–पूर्वी भारतमा पाइन्छ ।
ओफियोफ्यागस बंगारस भारत चीनको क्षेत्रमा बसोबास गर्दछ भने ओफियोफ्यागस साल्वाटाना इण्डो–मलेसिया र फिलिपिन्समा लुजोन द्वीप समूहसम्म पाइन्छ । शताब्दीयौंदेखि, भारतमा राजा कोब्राको एक मात्र प्रजातिः ओफियोफ्यागस हन्ना पाइन्छ रहेको बताइएको थियो ।
तर १० वर्षको अनुसन्धानपछि गौरीशंकर र उनको टोलीले किङ कोब्रा विशेष प्रजाति रहेको, जुन पश्चिमी घाटमा मात्र पाइन्छ भन्ने पत्ता लगाएको छ । कलिंगा कर्नाटकका स्थानीय मानिसले राजा कोब्राको लागि प्रयोग गरेको नामबाट आएको हो ।
उत्तर कन्नड जस्ता क्षेत्रमा बसोबास गर्ने समुदाय किङ कोब्रासँग डराउँदैनन् । किङ कोब्राले विषालुसहित अन्य प्रजातिका सर्पलाई खाइदिन्छन् । अन्य सर्प खाइदिएर किङ कोब्राले मानिसहरूलाई सुरक्षित वातावरण प्रदान गर्न मद्दत गर्ने भएकाले तिनीहरूप्रति आकर्षण देखिन्छ ।
त्यस्तै फिलिपिन्सको लुजोन टापुमा पाइने किङ कोब्रा प्रजातिको नाम ‘साल्भाटाना’ राखिएको छ, जसलाई त्यहाँका स्थानीयले प्रयोग गर्छन् । सर्पले टोकेपछिको उपचार ठूलो समस्याका रूपमा देखा पर्दै आएको छ, त्यसमा पनि किङ कोब्राले टोके झन् जटिल हुन्छ ।
संसारभरि किङ कोब्राका चार फरक प्रजातिको खोजले सर्पको विष निकै जटिल रहेको देखाउँछ । सबैखाले सर्पको टोकाइका लागि विशेष औषधी चाहिन्छ । सर्पको विषको प्रभावलाई हटाउने औषधी बनाउन निकै जटिल र महँगो पनि छ ।
विश्व स्वास्थ्य संगठनले सबैभन्दा विषालु सर्पको टोकाइको जोखिमलाई हटाउने औषधिको विकासलाई निरन्तर प्राथमिकता दिएको छ । किङ कोब्राका धेरै प्रजाति र त्यसमा पनि ओफियोफ्यागस कलिंगाको खोजले विशेष प्रकारको औषधिको आवश्यकतातर्फ ध्यानाकर्षण गरेको छ ।
कोब्रा र किङ कोब्रालाई प्रायः बोलचालमा कोब्रा भनिन्छ, यद्यपि दुवै फरक पिँढीबाट आएका हुन् । दुवैको जीवनशैली, खानपान र व्यवहारमा भिन्नता छ । वैज्ञानिकहरूका अनुसार कोब्रा नाजा प्रजातिबाट आउँछ भने किङ कोब्रा ओफिओफ्यागस प्रजातिबाट आउँछ ।
कोब्रा प्रायः कृषि क्षेत्र र शहरी क्षेत्रका साथै मानव बस्ती भएको क्षेत्रमा पाइन्छ । किङ कोब्रा भने प्रायः घना जंगल, उच्च उचाइ क्षेत्र र मान्छे कम भएको क्षेत्रमा पाइन्छ । कोब्राले आफ्नो अण्डाको रक्षा गर्छ गुँडमा हाल्दैन ।
किङ कोब्राले भने अनौठो गुँड बनाउँछ र त्यसमा अण्डा राखेर त्यसको सुरक्षा गर्छ । कोब्राले विशेषगरी मुसा, लोखर्के, चरा–भ्यागुता जस्ता साना जनावर खान्छन् । किङ कोब्राले सर्प मात्रै खान्छ, जसमा विभिन्न प्रकारका कोब्रा, करेट र भाइपर जस्ता अन्य विषालु प्रजातिका सर्पहरू पर्छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं