सूचनाको शक्ति - The Power Of Information

        

बिहान दौडिन कोही किन गर्छन् अल्छी ?

‘बिहान सबेरै उठ्छु र दौडिन जान्छु अनि शारीरिक व्यायाम शुरु गर्छु ।’ अधिकांश मानिस राति सुत्नुअछि यस्तै योजना बनाउँछन् । अनि बिहान अबेरसम्म सुत्छन्, सबेरै उठेर दौडिनु त कता हो कता ! खासमा, निन्द्रा नपुग्ने डर, अल्छी र नकारात्मक इच्छाशक्तिले मानिसलाई सबेरै उठ्न दिँदैन ।

अनि अबेरसम्म ओछ्यानमै पल्टिरहन्छन् । धेरैपटक मानिसहरू शारीरिक व्यायाम शुरु गर्छन् । तर, त्यसलाई हमेशाका लागि आफ्नो दिनचर्यामा सामेल गर्दैनन् । केही दिन बिहान वाक गर्छन्, शारीरिक व्यायाम पनि गर्छन् । केही दिनपछि फेरि अल्छी हुन्छन् ।

खासमा, नियमित शारीरिक व्यायाम शुरु गर्न जति कठिन छ, त्यसभन्दा ज्यादा कठिन त्यसमा टिकिरहन देखिन्छ । त्यसैले शारीरिक व्यायामलाई आदत बनाउनका लागि दृढ संकल्प, अनुशासन र सकारात्मक एटिच्युड अत्यावश्यक हुन्छ । त्यो असम्भव विषय पनि होइन । सही रणनीति र समय व्यवस्थापनबाट मात्र यसलाई रुटिन वर्कमा सामेल गर्न सकिन्छ ।

आफैंलाई कसरी गर्ने मोटिभेट ?

  • सबैभन्दा पहिले आफूलाई मानसिक रूपमा तयार पारौं
  • दैनिक एकै समयमा सुत्ने र बिहान एकै समयमा उठ्ने आदत बनाऊँ
  • आफ्नो स्वास्थ्यलाई अत्यधिक प्राथमिकता दिऊँ
  • आफ्नो खानपान र उसको टाइमिङ ध्यानमा राखौं
  • विस्तारै–विस्तारै शुरु गरौं र त्यसलाई गति दिऊँ
  • याद राखौं, बिरामीहरूबाट बच्ने यही एक मात्र उपाय हो
  • शारीरिक व्यायामबाट टाढा बस्न मनलाई बहाना खोज्न नलगाऊँ
  • आफ्नो फिटनेसप्रति सदैव सकारात्मक र सचेत रहौं
  • जतिसुकै व्यस्त जीवनशैली होस्, व्यायामका लागि समय निकालौं

बीचमै किन दौडिन छाड्छन् मानिस ?

  • समयको कमीका कारण
  • मोटिभेसनको कमीका कारण
  • थकान र पीडाका कारण
  • स्पष्ट लक्ष्य नहुनाको कारण
  • शारीरिक व्यायामको आदत नहुनाले
  • कुनै स्वास्थ्य समस्यका कारण
  • खराब जिम ट्रेनरका कारण
  • गलत टाइमिङका कारण

स्रोत : भास्कर डट कम
प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ०६:१९