२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

न्याय सेवा आयोगका ३०० भन्दा बढी अधिकृतको सरुवा

सत्यपाटी
सत्यपाटी । काठमाडौं
२०८१ मंसिर १४ गते शुक्रबार

प्रधानन्यायाधीश नेतृत्वमा बसेको न्याय सेवा आयोगले दुई सचिवसहित ३०० भन्दा बढी अधिकृतको सरुवा सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रवार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस भएका छन् भने कानुन आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन आयोगबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १४ गते शुक्रबार