नेपाल प्रहरीमा डिआइजीको दरवन्दी थप गर्ने र बढुवाको सिफारिस गरिरहँदा संगठनभित्र सम्धी साइनोको विषयले चर्चा पाएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर र एसएसपी भोला रावलबीच सम्धी साइनो जोड्ने प्रसंगले प्रहरी प्रधान कार्यालयमा चर्चा पाएको हो । आइतबार राती उनको बढुवा सिफारिस पनि भैसकेको छ ।
एसएसपी रावल यसैपटक बढुवाको लाइनमा छन् । उनका व्याची कुँवर आइजीपी भैसकेका छन् । अधिकांश व्याचीहरू एआइजीबाट घर बिदा भैसकेका छन् भने केही एआइजी हुने लाइनमा छन् । रामदत्त जोशी, किरण राणा एआइजीबाट बिदा भैसके । सन्दीप भण्डारी, मीरा चौधरी पनि एआइजीबाट बिदा भैसकेका छन् ।
टेकप्रसाद राई, किरण बज्रचार्य, भीम ढकाल एआइजीमा छन् । उनीभन्दा पछिका दीपक थापा, टेकबहादुर तामाङ, सुदीप गिरी एआइजी छन् । रावलभन्दा जुनियर दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारीहरू डिआइजी भैसके । तर, रावल अहिले पनि एसएसपी रहेका छन् । रावलका व्याची कृष्णहरि पोखरेल अहिले डिआइजीका रुपमा बागमती प्रदेशमा छन् ।
चन्द्रकुवेर खापुङ, लालमणी आचार्य पनि उनीभन्दा जुनियर नै । रावलको पालो यसपटक डिआइजी हुने रहेको छ । प्रहरी महानिरीक्षक कुँवरसँग सम्धी साइनो गाँसिने निश्चित भएपछि रावललाई जसरी पनि डिआइजी बनाउनुपर्ने कसरतमा आइजीपी थिए र उनको दोस्रो नम्बरमा सिफारिस पनि भएको छ । रावलसँगै गणेश चन्द, ध्रुवराज राउत पनि एसएसपीमै छन् ।
उनीहरूको पनि डिआइजीमा बढुवा सिफारिस भएको छ । उनीहरूकै व्याची दूर्गा सिंह चन्द जो गणेश चन्दकी श्रीमती हुन् उनी एआइजीको बढुवा लाइनमा छिन् । कुवेर कडायत, भरत बोहोरा र दूर्गा सिंह यसपटक बढुवा हुने चरणमा छन् । आफ्नो ब्याचमेट आइजीपी भएर चार महिनापछि अवकाश हुन लाग्दा ब्याचमेटहरू भने डीआईजी बढुवाको दौडमा लाग्न बाध्य छन् ।
यसपटक बढुवामा छुटेमा उनीहरू एसएसपीमै अवकाशमा जानेछन् । भोलाबहादुर रावल र ध्रुवराज राउत २०७८ मंसिर १२ मा एसएसपी भएका हुन् । मेरिट लिस्टको चौथो नम्बरमा सिद्धीविक्रम शाह, पाँचौँमा सुशीलसिंह राठौर र छैटौँ नम्बरमा उमाप्रसाद चतुर्वेदी छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक र ओमबहादुर राना बढुवाको सातौँ, आठौँ र नवौँ नम्बरमा छन् । राना भने छुटेका छन् ।
उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए । साथै, २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका एसएसपीहरू पनि डीआइजीमा बढुवा हुने प्रतिस्पर्धामा थिए । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सो ब्याचका प्रतिस्पर्धी हुन् । यी सबैलाई पालो पुर्याउनका लागि मंसिरको अन्तिममा डिआइजी बढुवा सिफारिस हुने बताइएको छ । मंसिरको अन्तिममा दुई एआइजी रिक्त भएपछि दुई डिआइजी खाली हुनेछ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यतिबेला दुई एआइजी र एक डिआइजीको घेराबन्दीमा परेका छन् । आइजीपी अर्याललाई असफल पार्ने गरी दुई एआइजी सीपी गौतम, वंशी दाहाल र डिआइजी अञ्जनीकुमार पोखरेलले घेराबन्दी गरेको स्रोतले बताएको छ । उनीहरूले आइजीपीलाई काम गर्न अप्ठेरो पार्ने, सचिवालयमा आफ्ना मान्छे घुसाउने र सूचना लिने तथा सूचना लिएर शक्ति केन्द्र धाउनेसम्मको काम गरिरहेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरीमा दुईवटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीनवटा एआइजी बनाएर एआइजी भएका दाहाल यसपटक आइजीपीलाई वाइपास गरेर अर्का एआइजी गौतमसँग टाँसिएका छन् । संगठनको ओएण्डएमबिनै व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप्न लगाएर दाहाल एकल एआइजी हुँदा आइजीपीलाई वाइपास गरेका थिए ।
अहिले दाहाल, गौतम, पोखरेल मिलेर आइजीपीलाई वाइपास गरेर संगठनको सूचना बाहिर चुहाउने र राजनीतिक नेतासम्म पुर्याउने काम गरिरहेको स्रोतको दाबी छ । जतिबेला सशस्त्र प्रहरी महानिरीक्षक अर्याल एआइजीको मात्रै दरबन्दी थप्न नहुने पक्षमा थिए । तर दाहालले चलखेल गरी विचौलिया रामचन्द्र भट्ट प्रयोग गरेर भ्याइदिएका थिए ।
अहिले अञ्जनी पोखरेललाई एमाले नजिक बनाउन एमाले महासचिव शंकर पोखरेलसँग सम्बन्ध बनाइदिन भन्दै एमालेका पूर्व नेताहरुसँग हिमचिम बढाइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा सूचना पुर्याउन सहयोग गरिरहेका डिआइजी अञ्जनी पोखरेल अहिले सानो गौचरणस्थित स्टाफ कलेजमा कार्यरत छन् ।
कोशी प्रदेशमा सहकर्मीहरुलाई सताएर आएका पोखरेलले प्रचण्डमार्फत मधेश प्रदेशको कमाण्ड गर्न खोजेका थिए । तर, आइजीपीले नमानेपछि उनी आइजीपी र संगठनको सूचना लिक गरेर शक्तिकेन्द्रको नजिक हुने प्रयास गरिरहेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले दृष्टिसँग भने । सशस्त्र प्रहरीमा सीमा सुरक्षाजस्तो अति नै संवेदनशील एवंं महत्वपूर्ण कुरामा हाल स्थापना भएका बीओपीहरू समेतमा जनशक्ति थप हुन सकेको छैन ।
सशस्त्र प्रहरीले बीओपीहरूमा संरचनाअनुरुपको जनशक्ति व्यवस्थापन गर्न नसकिरहेको अवस्था एकातिर बिद्यमान छ भने, अर्कोतर्फ सरकारी नीतिअनुरुप नै थप बीओपी स्थापना गर्न झन् असम्भव जस्तै भइरहेको अवस्थामा संगठनका तल्लो तहदेखि मध्यम तहसम्मको जनशक्ति थपको सांगठनिक आवश्यकतालाई बेवास्ता गर्दै आइजीपीलाई सहयोग गर्नुपर्नेमा दुई एआइजी र एक डिआइजी नै आफ्नाविरुद्ध लागेको सूचना आइजीपी अर्याललाई पनि रहेको छ । तर, उनी आफू रहँदासम्म कोही कसैलाई पनि केही नगर्ने पक्षमा रहेका छन् ।
विगतमा दाहाललाई एआइजी बनाउने भूमिका खेलका राजनीतिक बिचौलिया रामचन्द्र भट्ट यसपटक पनि सक्रिय रहेका छन् । एसपी हुँदा नै महिला प्रहरीमाथि यौन दूर्व्यहार गरेको आरोप लागेका एआइजी दाहाल सशस्त्र प्रहरी ऐनमै खेलेर सबैलाई विदा गरी आफू आइजीपी हुने खेलमा समेत लागेका थिए । सशस्त्र प्रहरीमा अहिले इन्टेलिजेन्स व्यूरो एसएसपी किरण ढुंगानाले नेतृत्व गरेका छन् । उनलाई समेत प्रभावित पार्न खोजेको स्रोतको दाबी छ । सशस्त्रमा इन्टेलिजेन्स व्यूरो आइजीपीमार्फत परिचालन हुने गर्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं