जर्मनीको पोट्सडम इन्स्टिच्युट अफ क्लाइमेट इम्प्याक्ट रिसर्चका अन्वेषकहरूले ‘अपरिवर्तनीय जलवायु संकट’को चेतावनी दिएका छन् । अन्वेषकहरूको अध्ययनअनुसार चरम मौसमका घटनाहरू बढ्दै छन् भने जीवाश्म ईन्धन उत्सर्जन उच्च छ । उनीहरूले ३५ प्रमुख जलवायु सूचकहरूमध्ये २५ मा रेकर्ड स्तरमा परिवर्तन भएको जनाएका छन् ।
पृथ्वीको सतहको तापक्रम, महासागरको ताप, समुद्रको सतह र मानव जनसंख्या तीव्र गतिमा बढिरहेको छ । मिथेन र नाइट्रस अक्साइड उत्सर्जन पनि अभूतपूर्व स्तरमा पुगेको उनीहरूको निष्कर्ष छ । अन्वेषकहरूले तयार पारेको प्रतिवेदनमा जलवायु ‘टिपिङ प्वाइन्टहरू’, बरफको पग्लने र वनहरूको विनाशजस्ता ठूलो परिवर्तनका संकेतहरू हाइलाइट गरेका छन् ।
प्रतिवेदनले जलवायु संकटको ’नयाँ चरण’ शुरू हुँदैछ र अत्यधिक उपभोगलाई रोक्न र जनसंख्या वृद्धि घटाउन तत्कालै परिवर्तनकारी उपायहरू आवश्यक रहेको बताएको छ । अन्वेषकहरूले जलवायु परिवर्तनले सन् २०२४ मै एशियाभरि विनाशकारी गर्मीको लहरहरू अझ गम्भीर बन्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।
मनसुन सिजनमा दक्षिण एसियाका धेरै भाग बाढीले डुबानमा परेका थिए । अक्टोबरको शुरूमा नेपालमा दुई दिनसम्म परेको अविरल वर्षाले घर, सडक, विद्युत् आयोजना र पुलहरू बगाएको थियो । अगस्टमा बंगलादेशमा आएको बाढीले ७० भन्दा बढी मानिसको ज्यान लिएको थियो भने १.२ बिलियन डलरको क्षति भएको थिंक ट्याङ्क सेन्टर फर पोलिसी डायलगको अध्ययनले देखाएको छ ।
अमेरिकाको दक्षिणपूर्वमा हेलेन आँधीले २०० भन्दा बढी मानिसको ज्यान लिएको केही दिनपछि फ्लोरिडामा मिल्टन आँधी कम्तिमा २४ जनाको मृत्यु भएको थियो । न्युयोर्क टाइम्सका अनुसार हेलेन आँधीले उत्तरी क्यारोलिना, साउथ क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा विनाश मच्चाएको थियो । हेलेन विगत ५० वर्षमा मुख्य भूमि अमेरिकामा प्रहार गर्ने दोस्रो सबैभन्दा घातक आँधी हो ।
अन्वेषकहरूले पत्ता लगाएका छन् कि नदी किनारको कटानले भण्डारण गरिएको कार्बन र आर्कटिक पूर्वाधार र समुदायहरूलाई खतरामा पार्न सक्छ । उच्च–फ्रिक्वेन्सी उपग्रह अवलोकनहरू प्रयोग गरेर गरिएको अध्ययनले विश्वभर वन विनाश बढ्दै गएको देखाएको छ ।
अनुसन्धान संस्थाहरूकोनयाँ प्रतिवेदनले सन् २०२४ को वन घोषणापत्र मूल्याङ्कन अनुसार ९१ लाख फुटबल मैदान वा ६३ लाख ७० हजार हेक्टर बराबरको वन क्षेत्र वन फँडानीका कारण पृथ्वीबाट लोप हुने देखाएको छ । यो नोक्सानी सन् २०३० सम्ममा वन फँडानी उन्मूलन गर्ने १४० भन्दा बढी देशहरूले तोकेको लक्ष्यभन्दा ४५ प्रतिशत बढी हो ।
डाउन टु अर्थले उद्धृत गरेको प्रतिवेदनले पछिल्लो दशकमा वन फँडानी बढेको देखाएको छ । कार्बन भण्डारण र जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण रहेका ३.७ मिलियन हेक्टर वनहरू गत वर्षहराएको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनले विश्वव्यापी प्रवृत्तिको विश्लेषण गर्दै ब्राजिलले वन फँडानी कम गर्न केही प्रगति गरेको बताए पनि समग्र प्रवृत्ति नकारात्मक रहेको बताएको छ । बोलिभियामा वन फँडानी दर निरन्तर बढिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं