चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो ।
केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा.शीतल अधिकारीले चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताए । उनले भने, ‘चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।’
रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ । उनले भने, ‘निमोनियामा साधारणतया एक्सरे गरेर हे¥यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।’ निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए ।
सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताए । उनले भने ‘मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ ।’ फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ ।’
साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने, ‘फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ ।’ निमोनियाको दुई प्रकृति रहेको छ । ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन ।
तर कुनै–कुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरु देखिएको उनले जानकारी दिए । समयमा उपचार भयो र अन्य जटिलताहरु जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ । साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् ।
धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ ।
निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उनले सुझाव दिए । अहिले निमोनियाको भ्याक्सिन समेत पाईने उनले बताए । समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ ।
रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन् । करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन् । उनले भने, ‘पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।’
मौसम परिवर्तन हुँदा रोग लाग्ने डर हुन्छ । जाडो मौसममा बिरामी हुने जोखिम पनि कैयौं गुणा बढ्छ । यो मौसममा रुघाखोकी, उच्च ज्वरोजस्ता समस्या देखिने गर्छ । जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले रोगले आक्रमण गर्ने दर उच्च हुन्छ ।
त्यसैले त जाडोको मौसम आउनेबित्तिकै न्यानो कपडा लगाउने गरिन्छ । साथै, जाडो मौसममा बिरामी हुनबाट बच्च हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बाहेक अरू कुरामा पनि ध्यान दिनुपर्छ । त्यसैले हामीले केही घरेलु उपायहरू पनि अपनाउनु आवश्यक छ, जसले गर्दा रुघाखोकी र फ्लू जस्ता रोगबाट राहत पाउन सकिन्छ ।
जाडो मौसममा रोगबाट बच्न दूधमा बेसार मिसाएर पिउन सकिन्छ । सुत्नुअघि दूध पिउनाले मौसमी फ्लू, चिसो र खोकीमा राहत दिन काम गर्नेछ ।
जाडो मौसममा बाफ लिनु पनि निकै फाइदाजनक हुन्छ । यो नाकदेखि घाँटीको दुखाइ र चिसोको लागि धेरै प्रभावकारी छ । त्यसैले तातो पानीमा पुदिना वा ज्वानोको पात हालेर बाफ लिन सकिन्छ ।
जाडोमा हामी चिया पिउने गर्छौं तर यो चियामा तुलसीको पात मिसाएर सेवन ग¥यो भने पनि मौसमी फ्लुबाट बच्च सकिन्छ । तपाईं चियामा तुलसीको पातहरू थप्न सकिन्छ वा तुलसीको पातहरू सुकाएर यसलाई पाउडरको रूपमा प्रयोग गर्न पनि सकिन्छ ।
चिसो र घाँटी सफा गर्न जाडोमा गारगील गर्नले चिसोबाट बच्च सकिन्छ । मनतातो पानीमा नुन मिसाएर राती सुत्नुअघि यो पानीले कुल्ला गर्नुपर्छ । यसले चिसोबाट हामिलाई धेरै राहत दिन सक्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं