अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा पुरस्कार वितरण गरिएको हो ।
कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे । उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने । कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो । ‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले पुरस्कार प्राप्त गरे ।
कसले कुन अवार्ड जिते ?
- उत्कृष्ट चलचित्र – बुलाकी
- उत्कृष्ट अभिनेता – विपिन कार्की (प्रसाद २)
- उत्कृष्ट अभिनेत्री – स्वस्तिमा खड्का (दिमाग खराब)
- उत्कृष्ट निर्देशक – निश्चल बस्नेत (दिमाग खराब)
- उत्कृष्ट सम्पादक – मित्र डी गुरुङ (महाजात्रा)
- उत्कृष्ट छायाकार – शिव ढकाल (बुलाकी)
- उत्कृष्ट लेखन – राजबहादुर साने (बुलाकी)
- उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र – लोजिमा (लिम्बु भाषा) निर्णायक समिति प्रोत्साहन पुरस्कार
- अभिनेत्री – स्वस्तिमा कार्की (टुल्की)
- व्यावसायिक चलचित्र – जारी विशेष योगदान सम्मान
- तैय्यव शाह – कलाकार
- कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
- नारायण प्रधान – द्वन्द्व निर्देशक
- विद्या कार्की – कलाकार
- नरेन्द्र महर्जन – प्रदर्शक
- नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
- भोज बहादुर गुरुङ – निर्देशक/निर्माता
- अमूल कार्की ढली – सङ्गीत संयोजक
- ध्रुवकुमार श्रेष्ठ – प्रदर्शक
- बुद्धि तामाङ – कलाकार
- सबिता गुरुङ – कलाकार विशेष चलचित्र पुरस्कार
प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार
सत्यपाटी