सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?

देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ०८:०१

लोकप्रिय