नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार एनपीएलको उद्घाटनका दिन एक खेल मात्र हुनेछ । अन्य दिनमा दुई खेल हुनेछ । मंसिर १५ गते शनिबार हुने उद्घाट खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
मंसिर १७ गते दुई खेल हुनेछ । लिगको दोस्रो दिन १७ गतेको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज सोही दिनको अर्को खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्ने तालिका छ । त्यस्तै १८ गते सुदुरपश्चिम रोयल्स र विराटनगर तथा चितवन राइनोज् र पोखरा एभेन्जर्स खेल्नेछन् । पुष १ गते १ खेल मात्र हुनेछ । लिग चरणको खेलपछि अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।
शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल खेल्नेछन् । पहिलो क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर्स खेल्ने मौका पाउनेछ । एलिमिनेटरको विजेता टोली र क्वालिफायर्समा पराजित हुने टोलीले दोस्रो क्वालिफायर्स खेल्नेछन् । सो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । फाइनल खेल पुष ६ गते हुनेछ । मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म हुने एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं