२०८१ मंसिर ४ गते, मंगलवार, १९ नोभेम्बर २०२४ । मार्ग कृष्णपक्ष चतुर्थी तिथि । आर्द्रा नक्षत्र । चन्द्रराशि मिथुन ।
नयाँ काम थालनी गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा पनि मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।
अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
अरूको करकापमा काम गर्न बाध्य भइनेछ । फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ ।
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ । आयआर्जनका स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ । पहिले आलस्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ । तापनि आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा गएको रकम हातलागी हुनेछ ।
दिन उत्साहवर्धक रहनेछ । नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ । लगनशीलताले कर्मसिद्धि हुनेछ ।
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।
रमाइलो यात्रा र भेटघाटको अवसर जुट्नेछ । व्यापार बढ्नुका साथै मनग्य रकम हातलागी हुनेछ । विशेष उपहार प्राप्त हुने समय छ । टाढाका आफन्त नजिकिनेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मिहिनेत गर्दा उद्देश्य प्राप्त हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । समाजसेवा र नोकरीतर्फ गरिएका कामको समेत राम्रै मूल्यांकन हुने समय छ ।
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ ।
फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं