सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिदा भए पनि धेरैजसो कर्मचारी कार्यालय पुगिसकेका छन् ।
कतिपय सेवाग्राहीसमेत कार्यालय पुगिसकेको अवस्थामा बिदा हुँदा समस्या भएको छ । केही कार्यालयमा त कार्यालय खुल्नुभन्दा केही घण्टा अघिदेखि नै लाइन लागेको हुन्छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ढुंगानाको भने हिजै दिउँसो निधन भएको थियो । सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधारणले दुःख पाएका छन् ।
सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राही कार्यालय पुगिसकेका थिए । राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरुमा नौ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्छ । यी कार्यालय अचानक बन्द हुँदा समस्या भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं