सूचनाको शक्ति - The Power Of Information

        

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेता पुग्ने छन् । सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने छ । अन्त्येष्टिका समयमा राज्यले दिने सम्मानका विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जनाइएको छ ।

केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए । स्वर्गिय ढुङ्गाना संविधान र कानूनका ज्ञाता थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना प्रजातन्त्र स्थापनापछिका पहिलो सभामुख हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०९:५१

लोकप्रिय