सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी

सहकारी ठगी मुद्दामा रास्वपा सभापति तथा सांसद रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको हो । पुर्जी जारी हुनेमध्ये पूर्वडीआइजी छविलाल जोशी पनि छन् ।

काठमाडौं महानगरपालिका–१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा उनीहरुविरुद्ध पुर्जी जारी भएको हो । रविविरुद्ध कास्की र रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०८:४६

लोकप्रिय