२०८१ मंसिर ३ गते, सोमवार, १८ नोभेम्बर २०२४ । मार्ग कृष्णपक्ष तृतीया तिथि । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, ७ः५५ बजेपछि मिथुन ।
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।
मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा पनि रकम बाहिरिन सक्छ ।
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले दिगो फाइदा उठाउन सकिनेछ । नाम, दाम र इनाम हातलागी हुनेछ । भविष्यका लागि काममा जग बसाउने मौका छ ।
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला ।
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ ।
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । मेहनतका साथसाथै गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
समय लागे पनि निर्णायक कार्य गर्ने समय छ । पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ । पेसा–व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयार पार्ने समय छ । समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन् । घरेलु कामकाजमा समय बित्नेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं