२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ मंसिर १ गते शनिबार

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.३२ र डिजेलमा २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार