२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

अज्ञात रोगले मर्न थाले पशुचौपाया

सत्यपाटी
सत्यपाटी । हुम्ला । २०८१ कात्तिक २८ गते बुधबार

अज्ञात रोगका कारण हुम्लाका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन् । केही दिनदेखि डाँडाफयाँ, थाया, जबुका लगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन् ।

डाँडाफया गाउँका स्थानीयवासी मन्दिर सिंहका अनुसार एक्कासि गाई, गोरु लगायतका पशुले घाँस खान छोड्ने, मुखबाट र्‍याल निकाल्ने र पिसाबबाट रगत बगेर मर्ने गरेका छन् । जुमा, झोपा, खसीमा पनि यो रोग देखा परेको छ ।

पशुले र्‍याल काढ्ने, घाँस खान मन नपराउने, हिँड्न नसक्ने लक्षण देखिएको स्थानीयवासीको भनाइ छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले अज्ञात रोग लागेको जानकारी प्राप्त भएपछि औषधिसहित पशु प्राविधिक गाउँमा पठाइसकिएको र प्राविधिकले पशु चौपायको रोगबारे बुझिसकेपछि मात्र भन्न सकिने बताए ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार