सूचनाको शक्ति - The Power Of Information

        

तिहारमा ८०० जुवाडे पक्राउ, २ करोड बरामद, ६४९ सवारी दुर्घटना

तिहारको बेलामा जुवातास खेल्ने करिब ८०० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । तिहारका समयमा कुनै ठूलो अप्रिय घटना नघटोस् भन्दै प्रहरीले सादा पोशाकसहितका प्रहरीसहिसत देशभर संक्रियता बढाएको थियो ।

८०० जुवाडेको साथबाट करिब झन्डै पौने दुई करोड रकम समेत बरामद भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । प्रहरीको सक्रियता बढे पनि जुवातास र अवैध रूपमा पटाकाको चोरी निकासी भने मौलाएको थियो ।

ठाउँठाउँमा पटकाहरू पड्काउनेहरूको कमि भने थिएन । प्रवक्ता कार्कीका अनुसार तिहारमा अवैध रूपमा पटाका पड्काउने ५९३ जना पनि समातिएका थिए । तिहारको अवधिमा मापसे लापसे गरेर देउसी भैलो खेल्ने क्रममा २१४ वटा झैझगडाका घटना भएको प्रहरीले जनाएको छ ।

तिहारमा पनि रोकिएन दुर्घटना

प्रहरीले चाडबाडका बेला सचेतना अभियान चलाए पनि सवारी दुर्घटना भने रोकिएनन् । तिहारमा भएका सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको कार्कीले जानकारी दिए । तिहारमा मात्रै साना ठूला गरेर करिब ६४९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ हजार १३१ जना घाइते भएको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १६:४७

लोकप्रिय