सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्काले जानकारी दिए ।
दुर्घटनालगत्तै घटनास्थल पुगेका खड्कासहितको टोलीले उद्दार गरेर उपचारका लागि पठाइसकिएको उनले बताए । केहीको अवस्था गम्भीर केहीको सामान्य रहेको खड्काले बताए । गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।
घाइते २५ जनाको उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै २०० मिटर तल खसेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत