२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा

यात्रु नै नभए पनि काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरिएको छ ।

आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणल उडानमा रोक लगाएको थियो ।

थाई एयर एसियाले अव भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने जनाएको छ । अहिले भैरहवामा यात्रु छैनन् । तर, शून्य यात्रु भए पनि भैरहवामा धेरै उडान गर्ने सर्तमा मात्रै थाइ एयर एसियालाई उडानको अनुमति दिइएको हो ।

काठमाडौं स्थित त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको बेला अन्य एयरलाइन्स कम्पनीलाई पनि भैरहवाबाट उडान गर्न लगाउने प्राधिकरणको तयारी छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १६ गते शुक्रबार