गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो ।
कात्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याइएपछि उनलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएकोमा बुधबार बयान लिइसकिएको हो । लामिछानेको बयान बुधबार अबेर जिल्ला न्यायाधीवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले प्रमाणित गरेका छन् ।
सांसदसमेत रहेका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भएकोमा बुधबार थपिएको म्याद सकिएको छ । बिहीबारबाट तिहार बिदा सुरु भएकाले उनलाई तिहार बिदा सकिएपछि कात्तिक २० गते अदालत उपस्थित गराइने भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं