२०८३ मंसिर १० , बिहीबार 26, November 2026, Thursday

सशस्त्र प्रहरीका जवानले गरे हिरासतभित्रै आत्महत्या

दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिम्सेनाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दसैँको बेलामा पिङ खेल्न आएका नाबालिकालाई बलात्कार गरेको मगरले बयानमा स्वीकार गरिसकेका थिए ।

प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार