सूचनाको शक्ति - The Power Of Information

        

पहाडी भूभागमा वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव छ । जसका कारण देशका केही भूभागमा आज वर्षा हुने भएको छ । पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

भोलि मंगलबार कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार ०७:३२

लोकप्रिय