सूचनाको शक्ति - The Power Of Information

        

गर्भावस्थामा किन बढ्छ तौल ? जोखिम कति ?

गर्भावस्था कुनै पनि महिलाको लागि धेरै नै नाजुक र महत्त्वपूर्ण समय हो । गर्भावस्थाको समयमा हरेक महिलाको मनमा धेरै प्रकारका प्रश्न हुन्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तनहरू आउँछ । यी परिवर्तनहरूमा गर्भवतीको बढ्दो तौल पनि हुन्छ ।

गर्भावस्थामा महिलाको तौल बढ्ने एक कारण भनेको आमाको शरीरमा बच्चाको तौल पनि समावेश हुनु हो । यदि जुम्ल्याहा बच्चा छन् भने १५ देखि २० किलोसम्म तौल बढ्न सामान्य हो । यसका साथै गर्भवती महिलाको स्तनको आकारमा वृद्धि, नालको आकारमा वृद्धि, गर्भाशयको आकारमा वृद्धि र शरीरमा अतिरिक्त रगत र तरल पदार्थ बन्ने कारणले पनि तौल बढ्न सक्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा महिलाको सामान्य तौल हुन्छ, तर पछि हरेक हप्ता लगभग ७५० ग्रामदेखि १ किलोसम्म तौल बढ्न सक्छ । एक गर्भवती महिलामा सामान्यतया तौल १२ देखि १६ किलोसम्म बढ्न सक्छ । जुन महिलाको तौल पहिला नै धेरै हुन्छ, तिनीहरूको गर्भावस्थामा लगभग १६ किलोसम्म तौल बढ्न सक्छ । स्वस्थ महिलाहरूको तौल लगभग १२ किलोसम्म बढ्न सक्छ ।

जोखिम कति ?

यदि गर्भवती महिलाको तौल सामान्यभन्दा बढी बढ्न थाल्छ भने आमा र बच्चामा केही जटिलताहरू आउन सक्छन् । अत्यधिक तौलले सी–सेक्सन, गर्भावस्थामा मधुमेह, उच्च रक्तचापको गुनासो र म्याक्रोसोमिया हुन सक्छ । यसबाहेक, अधिक तौल आमाहरूको बच्चालाई भविष्यमा मोटोपना र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ०७:२९

लोकप्रिय