नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ । गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।
यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । बाँकी सात वटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनले बताए ।
‘हामीले दिएको समयसीमामा आठवटा उद्योगबाट वक्यौता तिरियो । अन्यले पनि तिर्ने भनिरहेका छन् । तर, केही प्राविधिक कारणले ती उद्योगले वक्यौता नतिरेपछि हामी लाइन काट्न बाध्य भएका छौँ,’ उनले भने, ‘अहिलेसम्म लाइन कुन–कुनको काटियो भनेर मसम्म तथ्यांक आइसकेको छैन । तर, बक्यौता नतिर्ने ३४ वटाको लाइन काटिएको हो ।’
दुईवटा सरकारी उद्योग भएकाले ती उद्योगको भने लाइन नकाटिएको उनले बताए । स्रोतका अनुसार घोराही सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल, कसमस सिमेन्ट, एस.आर फुड्स, गोयन्का फुड्स, श्याम प्लास्टिक लगायतको लाइन काटिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं