पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई सोमबार रुपन्देही लगिएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज ६ गते पक्राउ परेका थिए ।
जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने तयारी गरेको छ ।
पोखरा प्रहरी स्रोतका अनुसार सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको सहकारी रहेको जिल्लाहरुमा छवि र रविलाई लैजाने तयारी गरेको हो । रुपेन्दीसँगै उनीहरुलाई वीरगन्ज, चितवन, काठमाडौंसमेत ल्याइने छ ।
वीरगन्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् ।
गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने अझैँ फरार छन् । संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं