जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, शहीद चोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ ।
अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीद चोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपा कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
प्रदर्शनका क्रममा प्रहरी र रास्वपाका कार्यकर्ताबीच झडपसमेत भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीले पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई शुक्रवार साँझ पक्राउ गरेपछि नेता, कार्यकर्ता आन्दोलित छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कास्की